काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ। भेटका लागि नेता नेपाल सोमबार दिउँसो १२ बजे राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए।
राष्ट्रपति भण्डारी र नेता नेपालबीच एक घण्टा ४५ मिनेट छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।
नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ। निर्वाचन आयोगले उनीहरुलाई सनाखतको लागि बुधबार बोलाएको छ।
नेता नेपाल अलग्गै पार्टी गठनको लागि अगाडि बढेपछि एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति भण्डारीले नेपालसँग भेट गरेकी हुन्। भेटमा उनले पार्टी विभाजनबारे चासो राखेको बुझिएको छ। उनले एमाले विभाजनबाट कसैलाई फाइदा नहुने बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।