काठमाडौं– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को विदेश विभागका प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेका छन्।
केही दिन अघि नेपाल आएका चौथाइवालेले सोमबार खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन्। चौथाइवालेले सामाजिक सञ्चालमार्फत प्रचण्डसँगको भेटवार्ताबारे जानकारी दिएका छन्।
पहिलोपटक प्रचण्डसँग प्रत्यक्ष भेट भएको उल्लेख गर्दै चौथाइवालेले आफूहरुबीच धेरै विषयमा स्पष्ट र खुला छलफल भएको बताएका छन्। वार्ता र संवादकै माध्यमबाट नेपाल–भारत सम्बन्धलाई अझ मजबुद बनाउने विषयमा दुवै जना सहमत भएको उनको भनाइ छ।
चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रस्तावित ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।