काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्।
आज प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री केसीको पक्षमा ४२ मत परेको थियो विपक्षमा कुनै पनि मत परेन। तटस्थ एक मत रहेको थियो।
प्रदेश सभामा कूल ८० सांसद रहेका छन्। मतदान प्रक्रियामा उपस्थितको संख्या ४३ (सभामुखबाहेक) जना रहेको थियो। उनको पक्षमा माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी र जनमोर्चाका सांसदले मत दिएका थिए। केसीलाई विश्वासको मत दिने क्रममा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद उपस्थित थिएनन्।
केसीले साउन २८ मा मुख्यमन्त्रीको शपथ लिएका थिए। कांग्रेस र माओवादी केन्द्रले आठ/आठ महिना सरकारको नेतृत्व गर्ने सहमति बनेको छ। केसी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।