फाइल तस्वीर
काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले विश्वासको मत लिने क्रममा संसदमा प्रतिपक्षको बेन्च खाली रहेको छ।
प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले केसीले विश्वास मत लिने क्रममा बहिष्कार गरेपछि संसद बैठक प्रमुख प्रतिपक्ष विना सञ्चालन भएको छ। विश्वासको मत लिने कार्यसूचीमा छलफल नभएको एमालेले जनाएको छ। विना छलफल एकतर्फी कार्यसूची ल्याएपछि संसदमा उपस्थित नभएको एमाले सांसद बैजनाथ चौधरीले बताए।
विश्वासको मत माग्ने क्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रमुख प्रतिपक्ष दल अनुपस्थित भएको प्रति चित्त दुखाए। राजनीतिक संस्कार एमालेमा नदेखिएको उनले आरोप लगाए। एमालेले राजनीतिक संस्कार नदेखाएपनि सबै दलसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता जनाए।
प्रमुख प्रतिपक्ष सहभागी नभएको बैठकबाट सत्ता पक्षका सांसदले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिने भएका छन्। साउन २८ मा केसी मुख्यमन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।