काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले प्रमुख प्रतिपक्ष दल एमाले संसदमा उपस्थित नभएको प्रति चित्त दुखाएका छन्।
केसीले विश्वासको मत लिने क्रममा एमालेका सांसदले सदन बहिष्कार गरेका छन्। सदनमा विश्वासको मत माग्ने प्रस्ताव पेस गरेका मुख्यमन्त्री केसीले एमालेले संस्कार नदेखाएको टिप्पणी गरे।
‘यति पुरानो पार्टी राम्रै संस्कार होला भन्ने थियो। तर, त्यसो भएन। शुभेच्छा प्रदान होला भन्ने थियो,’केसीले संसदमा भने।
सत्ताबाट बर्हिगमन भएको आक्रोश भए पनि संसदमा एमालेको उपस्थिति हुनुपर्ने उनले विचार राखे।
आपसी संवादको संस्कार कायम गरी सहकार्य र सहअस्तित्वका लागि आफू प्रतिवद्ध रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।