फाइल तस्वीर
काठमाडौं- नेकपा एमालले नयाँ पार्टी दर्ता प्रक्रियामा रहेका माधवकुमार नेपाल फर्केनमा आशा मारेको छ।
नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकिकृत समाजवादी) ले बुधबार दलको मान्यता पाउँदैछ। नयाँ दल गठन पश्चात् उनको साथ छोडेका नेताहरु सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका थिए।
बैठकमा सहभागी महासचिव ईश्वर पोखरेल र प्रवक्ता प्रदीप ज्ञवाली पनि सहभागी थिए। माधव ‘छाडेका’ नेतासँगको छलफल पश्चात् प्रवक्ता ज्ञवालीले भने, ‘पार्टी नै दर्ता गरिसकेपछि उहाँ (माधव नेपाल) एकतामा फर्किनु होला भन्ने विश्वास कसरी गर्न सकिन्छ र? माधव नेपालले अलग्गै बाटो तय गरिसक्नुभयो। अलग्गै बाटो हिँड्न उहाँ संकल्पित नै देखिनुभयो। विभाजनकै बाटो रोज्नुभएको छ।’
दल दर्ता प्रक्रियामा रहेका अन्यलाई उक्त प्रक्रिया नलाग्न आग्रह गरिने ज्ञवालीले बताए। मझधारमा रहेका नेताहरुसँग ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता जनाएका छन्।
'पार्टी जेठ २ मा फर्किसकिएको छ। कार्यान्वयनका क्रममा केही समस्या आउलान्। चरण चरणमा समाधान निकाल्दै जान्छौं।’ ज्ञवालीले भने,‘जेठ २ मा जुन जुन संरचना थिए,ति क्रियाशील हुन्छन्। विभाजन तिर लागेकाको हकमा त्यो लागु हुँदैन। नयाँ दलतिर लागेर पनि फर्केनका लागि पहिलेकै पदमा जिम्मेवारी हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।