काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज (सोमबारै) विश्वासको मत लिने भएका छन्। सोमबार दिउँसो बसेको बैठक एमालेको अवरोधपछि स्थगित गरिएको थियो। साढे २ बजे बैठक बस्ने भनिए पनि बैठक सुरु भएको छैन।
सार्वजनिक भएको प्रदेश सभाको कार्यसूची अनुसार केसीले विश्वासको मत लिन लागेको हुन्। 'नेपालको संविधान धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न माननीय मुख्यमन्त्री श्री कुलप्रसाद केसीज्यूले च.न. २९ मिति २०७८/०४/३२ गतेको पत्राबाट सचिवालयमा सूचना दिनु भए अनुसार नेपालको संविधानको धारा १८८ को उपधारा (१) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (४) बमोजिम माननीय मुख्यमन्त्री श्री कुलप्रसाद केसीज्यूले वक्तव्य सहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नुहुने र सो प्रस्तावमाथि छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ पश्चात माननीय सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु हुने', प्रकाशित प्रदेश सभाको दैनिक कार्यसूचीमा भनिएको छ।
केसी साउन २८ गते प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।