काठमाडौं– नेकपा एमालेका नेता एवम् केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीमा देखिएको आन्तरिक समस्या समाधान भएको दाबी गरेका छन्।
सोमबार अध्यक्ष केपी शर्मा ओली र पार्टीको तेस्रो धारका नेताहरुबीच भएको भेटवार्तामा सकारात्मक 'समझदारी' जुटेपछि तामाङले पार्टी भित्र पछिल्लो समयमा देखिएको आन्तरिक समस्या समाधान भएको जनाएका हुन्।
तामाङले मंगलबार बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बोलाइएको पनि जनाएका छन्।
'नेकपा (एमाले) स्थायी कमिटीको बैठक बसेर पार्टीलाई आन्तरिक रुपमा मजबुद र ब्यबस्थित बनाउने भएकाले सम्पुर्ण एमालेका समर्थक शुभचिन्तकहरुमा बधाई ज्ञापन गर्दछु,' तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, 'सम्पूर्ण एमाले पंक्ति अब कुनै फुटपरस्त गतिबिधिमा नलाग्न अनुरोध गर्दछु। पार्टीको आन्तरिक एकताको पक्षमा उभिएर सम्पूर्ण कार्यकर्ता पंक्तिमा खुशीको संचार दिन सफल सम्पूर्ण नेतागणमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।