फाइल तस्बिर।
काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोलिका लागि बोलाइएको छ। भोलि बिहान ११ बजे बैठक बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका 'मध्यमार्गी' नेताहरुसँगको छलफलपछि बैठकको मिति तय गरिएको हो।
बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने ज्ञवालीले बताए। माधव नेपाल भने पार्टी विभाजनको बाटो हिँडिसकेकाले उनी नआउने आशय ज्ञवालीको थियो।
'भोलिको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुनेछ। त्यहाँबाट पार्टीलाई थप सुदृढ बनाउने निर्णय गर्नेछ', उनले भने।
विभाजनमा नगएकाहरुलाई रोक्नका लागि सो बैठकले आह्वान गर्ने उनको भनाइ छ।
आजको बैठकमा ओलीले एकताको आवश्यकताको विषयमा चर्चा गरेको ज्ञवालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।