काठमाडाैं– लुम्बिनी प्रदेशसभा बैठक एमालेले आज पनि अवरुद्ध गरेको छ।
साेमबार (आज) एक बजेका लागि बाेलाइएकाे बैठक केहीबेरअघि सुरु भएको छ। एमालेले बैठक सुरु हुनुअघि सभामुख पूर्णबहादुर घर्तीलाई सदन चल्न नदिने चेतावनीसहितको पत्र बुझाएको थियो।
बैठक सुरुभएपछि सूर्य चिह्नबाट निर्वाचित विमला ओली र अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरुले नाराबाजी गरेका छन्।
सभामुख घर्तीले सांसदद्वयलाई कारबाही गर्न नसकिने पत्र हिजो एमालेलाई पठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।