काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
उनले ओलीनिवास बालकोटमै पुगेर भेटवार्ता गरेको हुन्। ओलीसँगको भेटबारे चौथाईवालेले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका हुन्।
भेटमा आफूहरुबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको उनको भनाइ छ।
यसअघि चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।