काठमाडौं- आइबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) एमालेको पूरानै केन्द्रीय कमिटी अनुसार निर्वाचन आयोगले सनाखत गर्ने, ओलीको दाबी अस्वीकृत, नयाँ सूचीलाई मान्यता दिने वा नदिनेबारे पछि निर्णय गरिने । ( ओलीको दाबी अस्वीकृत )
२) सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन महालेखाको निर्देशन, नेपाली बजारमा बिक्री हुने औषधिको गुणस्तरमा आश्वस्त हुने अवस्था नदेखिएको उल्लेख । ( महालेखाको निर्देशन )
३) लुम्बिनीमा सूर्य चिह्नबाट चुनाव जितेका अजय शाही र विमला बलीलाई सांसद पदबाट हटाउन नसकिने सभामुखको निर्णय, व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएको तर्क । ( लुम्बिनी प्रदेश सभामुखको निर्णय )
४) काबुल विमानस्थल वरपर भएको हिंसात्मक कार्यमा सात अफगान नागरिक मारिएको दाबी, काबुलको परिस्थिति अत्यन्तै चुनौतीपूर्ण रहेको बेलायती सेनाको भनाइ । ( विमानस्थल वरपर सात अफगान नागरिक मारिए )
५) र, अफगानिस्तानका आक्रामक ब्याट्सम्यान तथा विकेटकिपर मोहम्मद साहजादले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग चितवनबाट खेल्ने, काठमाडौं आएर खेल्न आतुर रहेको साहजादको प्रतिक्रिया । ( मोहम्मद साहजादले चितवनबाट ईपीएल खेल्ने )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।