काठमाडौं– रोजगारीका लागि कुवेत गएका नेपाली चालकलाई लागूऔषधको भरिया हुनबाट बच्न कुवेतस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।
लागूऔषधका व्यापारीले कुवेतदेखि इराकको रुट हुँदै सवारी चलाउने नेपाली चालकको गाडीमा झुक्याएर अथवा जबरजस्ती लागूऔषध ओसारपसारमा संग्लन गराउने भएकाले तस्करबाट बच्न दूतावासले सचेत गराएको छ।
चालकले गाडी पार्किङ गरेको स्थानमा र ‘क्लियरेन्स’का बेला लामो समय पालो कुरेर बसेको समयमा सवारी साधनभित्र तस्करले लागूऔषध राखिदिने भएकाले उक्त समयमा चालकलाई सचेत हुन दूतावासले विज्ञप्तिमार्फत अपिल गरेको छ।
दूतावासका अनुसार थाहै नपाई लागूऔषध गाडीमा रहेका बेला प्रहरीको जाँचका क्रममा फेला परेमा कुवेतको कानुनले तोकेअनुसार सजाय भोग्नुपर्ने हुन्छ।
यसरी शंका लागेको समान कसैले सवारी साधनमा छोडेर गएको खण्डमा स्थानीय प्रहरीलाई तत्काल खबर गर्नपनि विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।