• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

असनको भिड : कोरोना भन्छ- ‘भित्र बस’, भोक भन्छ- ‘बाहिर जाऊ’

64x64
धनु विश्वकर्मा सोमबार, भदौ ७, २०७८  ०७:०१
1140x725

असनमा भिडभाड नभए रामबहादुर खड्गीलाई चिन्ता हुन्छ। तर, डेढ वर्षअघिको लकडाउन र यो वर्षको सुरुमै भएको निषेधाज्ञाबाहेक उनले चिन्ता गर्नु परेको छैन। व्यापारिक क्षेत्र भएकाले असनको साँघुरो गल्लीमा प्रायः ठेलमठेल हुन्छ।

‘कोरोनाको डर त छ नि, बाहिर निस्किएर नबसे खान पाइँदैन,’ खड्गीले भने।

उनको घरै असनमा हो। काठमाडौँमा बढी भिडभाड हुने ठाउँ असन पनि हो। सडकमै बसेर पसल गर्ने खड्गीलाई कोरोनाको डर त छ नै, त्योभन्दा ठूलो चिन्ता व्यापारको छ। 

रामबहादुर खड्गी

असनको एउटा कुनामा बसेर उनले व्यापार गर्न थालेको करिब ३५ वर्ष भयो। पसल ‘नाङ्ले’ भन्न मिल्ने छ। बिहानदेखि झमक्क साँझसम्म उनको समय यहीँ बित्छ। बिहान खाना खान मात्र श्रीमतीले पालो दिन्छिन्।

उनी मास्क लगाएरै बस्छन्। छेउमा राखेको स्यानिटाइजर बेलाबेला हातमा दल्छन्। ‘यति नै त हो, हामीले गर्नुपर्ने,’ उनी भन्छन्।

सरकारले कोरोनाको तेस्रो चरणको लहर सुरु हुने चेतावनी दिइसकेको छ। फेरि निषेधाज्ञा लगाउने अवस्था आए सरकारले गरिखाने वर्गका लागि केही विकल्प दिनुपर्ने उनी बताउँछन्। ‘कोरोनाले भन्छ– भित्र बस, भोकले भन्छ– बाहिर जाउ’ उनी भन्छन्, ‘हामी सर्वसाधारण कसरी बाँच्ने?’

जमल, असन, इन्द्रचोक, नयाँ सडक र आसपासका ठाउँ काठमाडौँमा बढी भिड हुने क्षेत्र हुन्। यी परम्परागत ‘शहर’ मा साँघुरा सडक छन्। हरेक घरका हरेक कोठामा पसल वा आर्थिक कारोबार गर्ने कार्यालय छन्। काठमाडौँ उपत्यका र बाहिरका जिल्लामा पनि यहाँबाट सामान पठाइन्छ। भिड बढ्ने नै भयो। त्यसैले यो क्षेत्र कोरोनाका लागि जोखिममा छ।

यस्तै जोखिममा दिनभरि बसेर व्यापार गर्छिन्, अमृता कुँवर। असनमा उनको कपडाको पसल छ। उनलाई फेरि लकडाउन वा निषेधाज्ञा होला भन्ने चिन्ता छ। उनी भन्छिन्, ‘अब खोप आइसकेको छ। सधैँ लकडाउन गरेर हामीजस्ता व्यापारीले के खाने? खोप पाएपछि लकडाउन गर्नुहुँदैन। बरु भिडभाडलाई कुनै उपाय लगाएर कम गर्न सकिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने उनी बताउँछिन्। तर, दैनिक व्यवहार नै चौपट हुने गरी सबै नागरिकलाई घरभित्र थुन्न नहुने बताउँछिन्। ‘नत्र हामी जस्ता व्यापारीले महिनाको एक लाख रुपैयाँ भाडा मात्र कसरी बुझाउनू?’ उनी भन्छिन्।

भिडभाड हुने जोखिमका ठाउँमा जानुको मान्छेहरुको बाध्यता भएको काठमाडौँ मलअगाडि भेटिएकी जस्मिना श्रेष्ठ बताउँछिन्। कानुनकी विद्यार्थी श्रेष्ठ सरकारले व्यवस्थापन गर्न नसक्दा भिड बढेको बताउँछिन्। उनी भन्छिन्, ‘आवश्यक नभइ कोही हिँड्दैन। कुन काम कति बेला हुने र गर्ने भन्ने समय निर्धारण गर्ने हो भने स्वतः भिड कम हुन्छ। यो त सरकारको जिम्मेवारी हो नि!’

सार्वजनिक यातायातमा सिटबाहेक यात्रु राख्न मनाही गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, स्वास्थ्यका मापदण्डमा कडाइ गर्नुपर्ने उनको विचार छ। सार्वजनिक यातायात चढ्ने र ओर्लने ठाउँमा बढी भिड हुने हुँदा त्यहाँ उचित व्यवस्थापन गर्नुपर्ने उनी बताउँछिन्।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले राति ८ बजेदेखि निषेधाज्ञा लगाइसकेका छन्। यसले असन र आसपासका क्षेत्रमा व्यापार गर्नेहरु चिन्तित भएका छन्। संक्रमण थप बढे २४ घन्टा नै निषेधाज्ञा लाग्ने उनीहरुलाई पिरलो छ। 

तर, सधैँ भिडभाडमा बस्नुपर्ने उनीहरु आफैं पनि कम सुरक्षित छन्। मुख्य बजार क्षेत्रमा हुने भिडले संक्रमण अन्यत्र पनि फैलने डर छ। 

वीर अस्पतालअगाडि गेटमा भेटिएका बजिरे विक र छत्र विक भने सरकारको कमजोरी मात्र नभएर जनताको अटेरीपनले पनि कोरोना संक्रमण बढ्ने बताउँछन्। ‘न सरकार जनताले भनेको मान्छ, न जनता सरकारले भनेको मान्छन्,’ छत्र विक भन्छन्, ‘मान्छे यसरी हिँड्नु बाध्यता हो। रहरले भिडभाडमा जाँदैन। हामीलाई त लकडाउनको डर छ। के खाने, कसरी काम गर्ने भन्ने चिन्ता हुन्छ।’

असन, जमल, इन्द्रचोकजस्ता क्षेत्रमा जानु मानिसहरुको बाध्यता भएको उनी बताउँछन्। त्यहाँ व्यापारी मात्र होइन, भरिया, रिक्सा चालक, ठेलावालालगायत सर्वसाधारण आउँछन्। ती सबै जोखिममा रहेको विकले बताए।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्