• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

असनको भिड : कोरोना भन्छ- ‘भित्र बस’, भोक भन्छ- ‘बाहिर जाऊ’

64x64
धनु विश्वकर्मा सोमबार, भदौ ७, २०७८  ०७:०१
1140x725

असनमा भिडभाड नभए रामबहादुर खड्गीलाई चिन्ता हुन्छ। तर, डेढ वर्षअघिको लकडाउन र यो वर्षको सुरुमै भएको निषेधाज्ञाबाहेक उनले चिन्ता गर्नु परेको छैन। व्यापारिक क्षेत्र भएकाले असनको साँघुरो गल्लीमा प्रायः ठेलमठेल हुन्छ।

‘कोरोनाको डर त छ नि, बाहिर निस्किएर नबसे खान पाइँदैन,’ खड्गीले भने।

उनको घरै असनमा हो। काठमाडौँमा बढी भिडभाड हुने ठाउँ असन पनि हो। सडकमै बसेर पसल गर्ने खड्गीलाई कोरोनाको डर त छ नै, त्योभन्दा ठूलो चिन्ता व्यापारको छ। 

रामबहादुर खड्गी

असनको एउटा कुनामा बसेर उनले व्यापार गर्न थालेको करिब ३५ वर्ष भयो। पसल ‘नाङ्ले’ भन्न मिल्ने छ। बिहानदेखि झमक्क साँझसम्म उनको समय यहीँ बित्छ। बिहान खाना खान मात्र श्रीमतीले पालो दिन्छिन्।

उनी मास्क लगाएरै बस्छन्। छेउमा राखेको स्यानिटाइजर बेलाबेला हातमा दल्छन्। ‘यति नै त हो, हामीले गर्नुपर्ने,’ उनी भन्छन्।

सरकारले कोरोनाको तेस्रो चरणको लहर सुरु हुने चेतावनी दिइसकेको छ। फेरि निषेधाज्ञा लगाउने अवस्था आए सरकारले गरिखाने वर्गका लागि केही विकल्प दिनुपर्ने उनी बताउँछन्। ‘कोरोनाले भन्छ– भित्र बस, भोकले भन्छ– बाहिर जाउ’ उनी भन्छन्, ‘हामी सर्वसाधारण कसरी बाँच्ने?’

जमल, असन, इन्द्रचोक, नयाँ सडक र आसपासका ठाउँ काठमाडौँमा बढी भिड हुने क्षेत्र हुन्। यी परम्परागत ‘शहर’ मा साँघुरा सडक छन्। हरेक घरका हरेक कोठामा पसल वा आर्थिक कारोबार गर्ने कार्यालय छन्। काठमाडौँ उपत्यका र बाहिरका जिल्लामा पनि यहाँबाट सामान पठाइन्छ। भिड बढ्ने नै भयो। त्यसैले यो क्षेत्र कोरोनाका लागि जोखिममा छ।

यस्तै जोखिममा दिनभरि बसेर व्यापार गर्छिन्, अमृता कुँवर। असनमा उनको कपडाको पसल छ। उनलाई फेरि लकडाउन वा निषेधाज्ञा होला भन्ने चिन्ता छ। उनी भन्छिन्, ‘अब खोप आइसकेको छ। सधैँ लकडाउन गरेर हामीजस्ता व्यापारीले के खाने? खोप पाएपछि लकडाउन गर्नुहुँदैन। बरु भिडभाडलाई कुनै उपाय लगाएर कम गर्न सकिन्छ।’

Ncell 2
Ncell 2

स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने उनी बताउँछिन्। तर, दैनिक व्यवहार नै चौपट हुने गरी सबै नागरिकलाई घरभित्र थुन्न नहुने बताउँछिन्। ‘नत्र हामी जस्ता व्यापारीले महिनाको एक लाख रुपैयाँ भाडा मात्र कसरी बुझाउनू?’ उनी भन्छिन्।

भिडभाड हुने जोखिमका ठाउँमा जानुको मान्छेहरुको बाध्यता भएको काठमाडौँ मलअगाडि भेटिएकी जस्मिना श्रेष्ठ बताउँछिन्। कानुनकी विद्यार्थी श्रेष्ठ सरकारले व्यवस्थापन गर्न नसक्दा भिड बढेको बताउँछिन्। उनी भन्छिन्, ‘आवश्यक नभइ कोही हिँड्दैन। कुन काम कति बेला हुने र गर्ने भन्ने समय निर्धारण गर्ने हो भने स्वतः भिड कम हुन्छ। यो त सरकारको जिम्मेवारी हो नि!’

सार्वजनिक यातायातमा सिटबाहेक यात्रु राख्न मनाही गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, स्वास्थ्यका मापदण्डमा कडाइ गर्नुपर्ने उनको विचार छ। सार्वजनिक यातायात चढ्ने र ओर्लने ठाउँमा बढी भिड हुने हुँदा त्यहाँ उचित व्यवस्थापन गर्नुपर्ने उनी बताउँछिन्।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले राति ८ बजेदेखि निषेधाज्ञा लगाइसकेका छन्। यसले असन र आसपासका क्षेत्रमा व्यापार गर्नेहरु चिन्तित भएका छन्। संक्रमण थप बढे २४ घन्टा नै निषेधाज्ञा लाग्ने उनीहरुलाई पिरलो छ। 

तर, सधैँ भिडभाडमा बस्नुपर्ने उनीहरु आफैं पनि कम सुरक्षित छन्। मुख्य बजार क्षेत्रमा हुने भिडले संक्रमण अन्यत्र पनि फैलने डर छ। 

वीर अस्पतालअगाडि गेटमा भेटिएका बजिरे विक र छत्र विक भने सरकारको कमजोरी मात्र नभएर जनताको अटेरीपनले पनि कोरोना संक्रमण बढ्ने बताउँछन्। ‘न सरकार जनताले भनेको मान्छ, न जनता सरकारले भनेको मान्छन्,’ छत्र विक भन्छन्, ‘मान्छे यसरी हिँड्नु बाध्यता हो। रहरले भिडभाडमा जाँदैन। हामीलाई त लकडाउनको डर छ। के खाने, कसरी काम गर्ने भन्ने चिन्ता हुन्छ।’

असन, जमल, इन्द्रचोकजस्ता क्षेत्रमा जानु मानिसहरुको बाध्यता भएको उनी बताउँछन्। त्यहाँ व्यापारी मात्र होइन, भरिया, रिक्सा चालक, ठेलावालालगायत सर्वसाधारण आउँछन्। ती सबै जोखिममा रहेको विकले बताए।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्