• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २९, २०८२ Fri, Mar 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपाल नेतृत्वको दलले मान्यता पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार

64x64
नेपाल लाइभ आइतबार, भदौ ६, २०७८  १७:०६
1140x725

काठमाडौं- नवगठित नेकपा (एकीकृत समाजवादी)ले दलको मान्यता प्राप्त गरेपछि मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ। निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सनाखतका लागि भदौ ९ गते बोलाएको छ। उक्त दिन २ बजेसम्म केन्द्रीय सदस्यको सनाखत लिएपछि सोही दिन दलको प्रमाणपत्र प्रदान गर्ने आयोगको तयारी छ। नेपाल नेतृत्वको उक्त दललाई आयोगले मान्यता दिएसँगै मन्त्रिमण्डल विस्तार हुने ढोका खुल्नेछ। 

एमालेको एक धारको नेतृत्व गरेर अघि बढिरहेका माधव नेपालले नयाँ दल बनाएपछि सरकारमा सहभागिता लगभग सुनिश्चित छ। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले भने, ‘भदौ ९ गते आयोगले प्रमाणपत्र उपलब्ध गराएपछि हामी सरकारमा जाने ढोका खुल्छ।’

गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका थिए। नेपाल पक्षको भिन्न दल नभएकै कारण देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेका थिएनन्। मन्त्रिमण्डल विस्तार गर्न नसकेको आरोप भोगेको सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई छिटो प्रक्रिया टुंगाएर सरकारमा ल्याउने प्रयासमा छ। सोही अनुसार आयोगले उक्त दललाई बुधबार सनाखतका लागि बोलाएको छ। माधव नेपाल नेतृत्वको पार्टी सरकारमा ल्याउने प्रयासले मन्त्रिमण्डल विस्तारमा ढिलो हुन पुगेको कांग्रेस नेता मीन विश्वकर्माले बताए। आयोगले दल दर्ताको प्रमाणपत्र उपलब्ध गराएसँगै सरकारले पूर्णता पाउने उनले बताए।

अध्यादेशमार्फत् एमालेलाई फुटाउने भूमिकाको सहजीकरण देउवा सरकारले गरिदिएको छ। अध्यादेश ल्याउनकै लागि संसद् बैठक ‘हठात् अन्त्य’ गरिएको थियो। संसद अन्त्य गरेकै भोलिपल्ट सरकारले राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो। भदौ १ मा मन्त्रिपरिषद्ले गरेको सिफारिसको एक दिनपछि राष्ट्रपतिबाट अध्यादेश जारी भएको थियो। अध्यादेश जारी भएकै दिन ९५ केन्द्रीय सदस्य हुने गरि नेकपा एमाले ( समाजवादी) का लागि निवेदन दिइएको थियो। नयाँ दलको नामबाट ‘एमाले’ हटाउन आयोगले दिएको निर्देशन अनुसार शुक्रबार नेकपा (एकीकृत समाजवादी) दर्ता भएको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको पार्टीको सनाखत टुंगिएपछि तत्कालै मन्त्रिपरिषद् विस्तार हुने गत बिहीबार नै बताएका थिए। ‘अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर समझदारी बनेको छ। यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकै दिनमा मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउनुपर्ने कुरा भएको छ’, बिहीबार प्रचण्डले भनेका थिए।

Ncell 2
Ncell 2

सरकारमा माधव पक्षलाई सहभागिता गराउनकै लागि तीन दलले करिब डेढ महिना उनलाई प्रतीक्षा गरेका छन्। जति छिटो माधव नेपाल नेतृत्वको पार्टीको सनाखत हुन्छ, त्यति नै छिटो मन्त्रिपरिषद् विस्तार हुने प्रचण्डको भनाइ थियो। 

प्रधानमन्त्रीमा देउवा नियुक्त भएसँगै नेपाललाई सरकारमा ल्याउनका लागि गठबन्धनले भरमग्दूर प्रयास गरेको थियो। देउवा, प्रचण्ड र नेपालबीच पटक पटक संवाद पनि भएको थियो। ती भेट र संवादको परिणाम नयाँ दल जन्मेको छ। साथै, उक्त दल सरकारमा जाने वातावरण बनेको छ। 

सत्ता गठबन्धनका दलले प्राप्त गर्ने मन्त्रालयको संख्या पनि करिब टुंगिएको बताइएको छ। कांग्रेसले सात, माओवादी/नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले ६/६ मन्त्रालय प्राप्त गर्ने भएका छन्। कांग्रेसका तीन मन्त्री बनिसकेका छन् भने माओवादी केन्द्रका दुई जना मन्त्रिमण्डलमा सहभागी छन्। सत्तारुढ दलको अर्को घटक जसपाको आधिकारिकता टुंगिएपनि सरकारमा गएको थिएन। नेकपा (एकीकृत समाजवादी)सँगै जसपाले पनि मन्त्रिपरिषद्को हिस्सेदारी पाउने भएको छ।

यता, आयोगको निर्णय कुर्दै सभामुख अग्निप्रसाद सापकोटाले माधव पक्षका सांसदलाई कारबाही प्रक्रिया अघि बढाएका छैनन्। उनी पक्षधर १४ सांसदलाई कारबाही गर्न एमालेले गरेको पत्रलाई उनले कार्यान्वयन गरेका छैनन्। उनीहरुलाई पदमुक्त गर्न सभामुखको कार्यकक्षमा पुगेर एमालेका सांसदले २ दिन दबाब समेत थिए।

नेकपा (एकीकृत समाजवादी)ले दलको मान्यता नपाउन्जेल सापकोटाले आलटाल गर्ने देखिएको छ। आइतबार र सोमबार सार्वजनिक विदा भएकाले कारबाही हुनसक्ने अवस्था छैन। मंगलबार एक दिन बिलम्ब गर्नासाथ अर्को दिन उक्त दलले मान्यता पाउने सम्भावना छ। सापकोटाको भित्रि चाहना आयोगको निर्णयको प्रतीक्षा गर्नको लागि भएको देखिन्छ। नेकपा (एकीकृत समाजवादी) ले दलको मान्यता प्राप्त गरेसँगै एमालेले उनीहरुलाई गरेको कारबाहीको पत्र निष्प्रभावी हुनेछ। तत्पश्चात् कारबाहीको सिफारिस गरिएका समेत मन्त्री बन्ने ढोका खुल्नेछ।

दलको प्रमाणपत्र नपाउँदै नेकपा (एकीकृत समाजवादी) निकट केहीलाई सरकारले नियुक्त गरिसकेको छ। बागमती प्रदेश प्रमुखमा नेपालनिकट नेता यादवचन्द्र शर्मा र रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन कुमार झालाई नियुक्त गरिएको छ। राष्ट्रिय योजना आयोगका एक सदस्य पनि नेपालका तर्फबाट नियुक्त गरिएको छ। 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
सम्बन्धित सामग्री
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने उम्मेदवारी खारेजीका बाबजुद धनुषा १ मा साहलाई सबैभन्दा बढी मत परेको थियो । तर आयोगले नियमानुसार उनको चुनावचिन्ह घन्टीमा आएको भोटलाई ब... बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यका अनुसार भर्खरै मणिपाल मेडिकल कलेजले उनको निधनको घोषणा गरेको हो । बिहीबार, फागुन २८, २०८२
ताजा समाचारसबै
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्