काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी गठनतिर लागेका नेता विजय पौडेलले एकताका लागि केपी शर्मा ओली समूहले कम्तीमा तीन बुँदा मान्न तयार हुनुपर्ने बताएका छन्। शनिबार ट्विटरमा उनले तीन बुँदाको सूची पनि प्रस्तुत गरेका छन्।
'एकताका लागि ओली समूहले कम्तीमा पनि तीन बुँदा मान्न तयार हुनु पर्दछ- (१) प्रतिनिधिसभा विघटन गर्नु प्रतिगामी कदम थियो। यसमा पार्टी आत्मालोचना गर्दछ। (२) यो प्रतिनिधि सभालाई पूरै समय काम गर्न दिइनेछ। (३) समाजवाद निर्माण अबको पार्टीको कार्यक्रम हुनेछ। अरू बुँदा चाहिन्न है,' उनले लेखेका छन्।
पौडेल नेकपा कायम रहँदैदेखि केपी शर्मा ओलीको चर्का आलोचक थिए। एमाले ब्युँतिएपछि पनि उनले त्यो शैली कायम राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।