काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी गठनतिर लागेका नेता राजेन्द्र राईले 'मध्यमार्गी' नेताहरुलाई एमालेमै रहन सुझाव दिएका छन्। शनिबार सामाजिक सञ्जालमा केही स्टाटस लेख्दै उनले एमालेमै बसेर संघर्ष गर्न सुझाव दिएका हुन्।
'एमाले मै गएर यो १० बुँदे सहमति कार्यान्वयनका लागि लड्नुस्, मित्रहरू,' उनले 'मध्यमार्गी' नेतालाई भनेका छन्, 'यो हो अहिलेको तपाईंहरुको महान लाइन!'
त्यस्तै राईको अर्को स्टाटस छ- 'ओली यस्तो, त्यस्तो! तर ओली प्रवृत्ति, ओलीको गलत कामको विरुद्ध एमालेभित्रै बसेर संघर्ष गर्नुपर्छ भन्नेहरुले १० बुँदे... कार्यान्वयनका लागि एमालेभित्रै बसेर संघर्ष गरे कसो होला?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।