काठमाडौं- माधवकुमार नेपाल पक्षको युवा दस्ता पिपुल्स भोलेन्टियर (पीभी)ले त्रिभुवन विश्वविद्यालयमा सरसफाइ गरेको छ।
शनिबार बिहान पीभीका सदस्यहरुले त्रिविमा सरसफाइ गरेका हुन्।
महिनाको दुई दिन २ घन्टा राष्ट्रका लागि भन्ने नारा तयार गरेको युवा संघ नेपाल अन्तर्गतको पीभीले यसअघि त्रिवि शिक्षण अस्पताल परिसर सरसफाइ गरेको थियो।
नेकपा एमालेमा रहँदा माधव नेपाल क्षको युवा संघले पीभी ब्युँताएको थियो।
तर, अहिले नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। शुक्रबार नेकपा (एकीकृत समाजवादी) नाममा नेपालपक्षले आयोगमा निवेदन दिएको हो।
नयाँ दल दर्ताको प्रकृयामा रहेका नेता नेपालले नेकपा (एकिकृत समाजवादी) पार्टीले वैधानिकता पाउनासाथ राष्ट्रिय भेला गरिने बताएका छन्। एकताका सबै ढोका बन्द भएपछि वाध्य भएर ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेको उनले प्रष्टाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।