काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) मुलुकमा भ्रष्टाचार बढ्दै गएको महालेखापरीक्षक कार्यालयको प्रतिवेदनको टिप्पणी, बेरुजुको आकार ४ खर्ब १८ अर्ब ८५ करोड, असुल गर्नुपर्ने बेरुजु मात्रै २७ अर्ब १४ करोड ९५ लाख (बढ्यो बेरुजु)
२) निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरपक्षको नयाँ दल ९ गते सनाखत गरी दर्ता गर्ने, एमालेका वरिष्ठ नेता झलनाथ खनालद्वारा आफू नेकपा एकीकृत समाजवादीमा आवद्ध भएको प्रष्टोक्ति (नयाँ दल दर्ता प्रक्रिया सुरु)
३) नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले पदीय आचरणविपरित सेयर कारोबार गरेको अर्थ समितिको निष्कर्ष, तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन (पदाधिकारीद्वारा आचरणविपरित सेयर कारोबार)
४) विपक्षीहरुको घरघरमा पुगेर तालीबानले खानतलासी गरिरहेको राष्ट्रसंघको आरोप, नयाँ शासकहरु सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै गरेका देखिएको रिपोर्टमा उल्लेख (अफगानमा कठोर तालीबान)
५) र, सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक, भदौ १० बाट सुरु हुने लिग कार्तिक १० मा समापन, २५ जिल्लाका ७८ क्लब सहभागी (सी डिभिजन छनोट तालिका)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।