काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको चन्द्रागिरि हिल्समा पुगेर कविता रचना गरेका छन्।
शुक्रबार काठमाडौंको चन्द्रागिरि हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा ओलीले कविता वाचन गरेका हुन्।
अध्यक्ष ओलीले तीन वर्ष अघि पनि चन्द्रागिरि हिल्समा पुगेपछि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ......’ भन्ने सन्देशको रचना सिर्जना गरेर वाचन गरेका थिए।
शुक्रबार पनि उनले कार्यक्रममा बस्दाबस्दै कविता सिर्जना गरेर शीर्षक आफैँ राख्नुहोस् भन्दै वाचन गरेका थिए।
यस्तो छ, उनले वाचन गरेको कविता.............
इच्छुमतिको किनार,
घुमेर भिराडिल
घुम्दै आइपुगियो
यता रमणीय चन्द्रागिरि हिल
कतै इतिहास, कतै परम्परा
गौरव र पौरख
यहीँका
डाडाँहरुका सतिदेवी
काँधमा बोकेर
शोकमग्न शिवजी
भौतारिएका थिए
यहीँ चन्द्रगिरि हुँदै
३२ सय वर्ष पहिले
चित्लाङबाट
गोपालीहरु
उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौंलाई नियालेका थिए
देवकोटाले मानवताको बिगुल फुगेका थिए...
यही ठाउँमा अहिले फालिएको भिरलाई
गन्तव्य बनाएका छन् पौरखीहरुले’
घुमेर भिराडील
घुम्दै आइपुगियो
यता रमणीय चन्द्रागिरि हिल....
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।