काठमाडौं- टोकियो-२०२० पारालिम्पिकमा सहभागिता जनाउन नेपाली पारा तेक्वान्दो टोली जापान प्रस्थान गरेको छ।
पारालिम्पिकमा यसपटक नेपालको तर्फबाट ‘वाइल्ड कार्ड’ प्राप्त गर्दै तेक्वान्दोकी पलेशा गोवर्द्धनले अवसर पाएकी छन्। कोरोना महामारीका कारण छनोट प्रतियोगिता खेल्न जान नपाएकी पलेशाले ‘वाइल्ड कार्ड’ पाएकी हुन्।
उनले ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्। टोकियो प्रस्थान गर्ने टोलिमा पलेशासँगै प्रशिक्षकमा कविराज नेगी लामा तथा अफिसियलमा ओलम्पियन दीपक विष्ट छन्।
यसबाहेक ‘सेफ दि मिसन’मा सरोज श्रेष्ठ, टिम अफिसरमा विश्वास बस्नेत र डाक्टर दीपक श्रेष्ठ पनि सहभागी हुँदैछन्।
एसियन च्याम्पियनसिपमा पदक जितिसकेकी पलेशाले पदक जित्ने अपेक्षासहित प्रशिक्षण गरेको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।