सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम जेठ २५ गते(शुक्रबार) प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
प्रदेशको सन्तुलित, न्यायोचित र समविकासबाट समृद्धिको यात्रा तय गर्ने उद्देश्य राखेर कर्णाली प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउन लागेको हो। प्रदेश सरकारले राष्ट्रियरुपमा महत्व राख्ने विषयगत विज्ञ, सम्बन्धित क्षेत्रका सरोकारवाला, स्थानीय विज्ञसँग छलफल गरी नीति तथा कार्यक्रम तयार गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।
सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रदेश प्रमुखले प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले प्रदेश प्रमुखलाई पत्राचार गर्ने निर्णय भएको प्रवक्ता केसीले बताइन्। उनका अनुसार त्यसका लागि प्रदेशसभा सचिवालयलाई जानकारी दिनेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।