काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफ्ना गतिविधि सामाजिक सञ्जालमा पनि पोष्ट गर्न थालेको छ।
उक्त पार्टीले शुक्रबार अपरान्ह्रदेखि सीपीएन (युनिफाइड सोसलिष्ट) ट्वीटर एकाउन्ट सञ्चालनमा ल्याएको हो।
उक्त एकाउन्टमार्फत् पार्टी अध्यक्ष नेपालले जारी गरिएको विज्ञप्तिलाई ट्वीट गरिएको छ। साथै, उक्त पार्टीले फेसबुक एकाउन्ट पनि आजैदेखि सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।