काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिएको महन्थ ठाकुरपक्षकाे कार्यकारिणी समिति बैठक पार्टी कार्यालय बबरमहलमा जारी छ।
कार्यकारिणी समिति बैठकमा नयाँ पार्टीको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको एक नेताले बताए। निर्वाचन आयोगले जसपा (लोकतान्त्रिक) नाम महन्थपक्षलाई दिन नसकिने जवाफ फर्काएपछि नयाँ पार्टीको नाम टुंगो लगाउन कार्यकारिणी समितिको बैठक बसेको हो।
‘यसअघि जसपा (लोकतान्त्रिक) पार्टी बनाउने भनेर निर्वाचन आयोगमा निवेदन दिएका थियौं, त्यो पार्टी दर्ता गर्न अस्वीकार गरेपछि पार्टीको नाम के राख्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ ती नेताले भने, ‘अहिलेसम्म लोकतान्त्रिक समाजवादी पार्टी नाम राक्ने कि भन्ने छ त्यो नाममा पनि सर्वसम्वत भएको छैन।’
नेताहरुले फरकफरक नाम प्रस्ताव गरेकाले टुंग्याउन गाहो भइरहेको ती नेताले बताए। नाम टुंगो लगाएर आजै निर्वाचन आयोगमा बुझाउने तयारी गरेकाे उनले बताए। पार्टी चुनाव चिह्न साइकलका विषयमा भने आयोग सहमत भइसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।