काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भई जसपा (लोकतान्त्रिक) नाममा नयाँ पार्टी दर्ता गर्न गएको महन्थ ठाकुर पक्षले उक्त नाम नपाउने भएको छ।
जसपा यसअघि नै दर्ता भइसकेकाले अर्को नाम लिएर आउन निर्वाचन आयोगले आग्रह गरको महन्थ ठाकुर पक्षका नेता केशव झाले बताए।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को ङ मा दलका नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलका नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता त्यस्तो दल दर्ता हुन नसक्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।