• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लण्डनबाट धन गुरुङले पठाएको त्यो इमेल ‘अन्तिम’ हुन पाएन, तोडियो पूर्व गोर्खा सैनिकको अनशन

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ४, २०७८  ०७:०५
1140x725
आमरण अनशनमा बसेका धन गुरुङ। तस्बिर : ईपीए

काठमाडाैं– भूतपूर्व बेलायती गोर्खा सैनिकहरुले अन्य बेलायती सैनिक सरह समान सुविधाको माग राखेर थालेको अनशन १३औँ दिनमा टुङ्गिएको छ। उनीहरुका माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएपछि उनीहरुले अनशन तोडेका हुन्।  तर, उनीहरुका समस्या समाधान भइसकेको छैन।

बेलायत सरकार र अनशनरत पक्षबीच सहमति भएपछि बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टी र लण्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीको उपस्थितिमा जुस पिलाएर उनीहरुको अनशन तोडिएको हो। अब उनीहरुको मागका सन्दर्भमा बेलायत सरकारले नेपाल सरकारसँग एक महिनाभित्र वार्ता गर्नेछ।

उनीहरुका माग र अनशनका सन्दर्भमा बेलायतभित्रै पनि चासोका साथ हेरिएको थियो। गएको सोमबार अनशनकारीको स्वास्थ्य खराब हुँदै गएपछि बेलायती अभिनेत्री ७५ वर्षीया जोअन्ना लुम्लेले बेलायतको सरकारसँग आन्दोलनमा उत्रिएका वृद्ध पूर्व बेलायती गोर्खा सैनिकसँग भेट गर्न आग्रह गरेकी थिइन्। बलायती प्रधानमन्त्री निवास बाहिर अनशन बसेका ती पूर्व बेलायती सैनिकलाई उनले ‘बहादुर र वफादार’ भनेकी थिइन्। लामो समयदेखि पूर्व बेलायती गोर्खा सैनिकको पक्षमा अभियान चलाउँदै आएकी लुम्लेले उनीहरुका माग सुन्न र पूरा पनि गर्न आग्रह गरेकी थिइन्।

त्यही दिन भूतपूर्व बेलायती गोर्खा सैनिक धन गुरुङले लण्डनबाट नेपालमा रहेका आफ्ना परिवारलाई एउटा इमेल पठाए। त्यसमा उनले लेखेका थिए, ‘यो मेरो अन्तिम इमेल हुनेछ।’

त्यो दिन (सोमबार) उनी लण्डनस्थित बेलायती प्रधानमन्त्री निवास, डाउनिङ स्ट्रिटमा अनशन बसेको नवौँ दिन भएको थियो। धन निकै कमजोर भइसकेका थिए। उनको स्वास्थ्यलाई लिएर पूर्व गोर्खा सैनिकहरु चिन्तित थिए। पूर्व गोर्खा सैनिकको आन्दोलनका प्रवक्ता ७१ वर्षीय यम गुरुङ त्यो दिनभरि धनसँगै बसिरहे।

अस्पताल भर्ना हुनुअघि अनशनस्थलमा धन। तस्बिर : बीबीसी

‘अर्को दिन बिहान जब धनले आफू ठीक भएको बताए, अनि मात्र म घर गएको थिएँ। तर, केही पछि नै उनलाई अस्पतालतिर दौडाएको सुनेँ, म एकदमै डराएको थिएँ,’ यमले स्काई न्यूजसँग भनेका थिए।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निवास डाउनिङ स्ट्रिट अहिले अवकाश प्राप्त बेलायती गोर्खा सैनिकका कारण तातेको थियो। गोर्खा सैनिकको आन्दोलनले पश्चिमा मिडियाको ध्यान खिचिरहेको छ र दुई दिनदेखि त्यसको केन्द्रमा थिए, धन गुरुङ।

६० वर्षीय धन गुरुङ अरु दुई गोर्खा सैनिकसहित आमरण अनशनमा थिए। अनशनमा बसेको १०औँ दिन धनको मुटुको धड्कन सुस्त भयो। उनलाई तत्कालै अस्पताल पुर्‍याइयो। तर, उनले खाना खान अस्वीकार गरे। उनले पानी मात्र पिएको प्रवक्ता यमले बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अनशनस्थलमा अस्वस्थ भएपछि उनलाई सुरुमा हृदयघातको आशंका गरिएको थियो। उनी मधुमेहका बिरामी हुन्। तर, उनी अस्पतालबाट भोलिपल्टै डिस्चार्ज भए। त्यसपछि ह्विलचेयरसहित फेरि अनशनस्थल पुगे, जहाँ उनका साथी अनशन बसिरहेका थिए।

अवकाशप्राप्त तीन जना गोर्खा सैनिक गएको २४ साउनदेखि अन्य बेलायती सैनिक सरह पेन्सन सुविधा माग गर्दै आमरण अनशनमा बसेका छन्। धन गुरुङ, ज्ञानराज राई (६३) र पुष्पा घले (५९) बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निवास डाउनिङ स्ट्रिट अगाडि अनशन बसेका थिए। पुष्पा पूर्व गोर्खा सैनिककी विधवा हुन्।

अनशन बस्नुअघि त्यहाँ १०० भन्दा धेरै पूर्व गोर्खा सैनिक भेला भएर प्रदर्शन गरेका थिए। उनीहरुले बेलायती सैनिकसरह समान सुविधा दिन माग गर्दै नारबाजी गरेका थिए।

पूर्व गोर्खा सैनिकको पक्षमा भएको प्रदर्शनका सहभागी।

अनशन बसेका तीन जनाले आफूहरुको माग पूरा नभए मर्नसमेत तयार भएको बताएको बीबीसीले उल्लेख गरेको थियो। बेलायती सेनाले सन् १९९७ भन्दाअघि पेन्सन पाएका बेलायती गोर्खा सैनिकलाई भारतीय सैनिक सरहको पेन्सन मात्र दिँदै आएको छ।

Xtrem

Xtrem

गएको हप्ता धनले बीबीसीलाई बताएअनुसार सन् १९९४ मा उनको पेन्सन २० पाउन्ड मात्र थियो। जबकी उनकै पदका बेलायती सेनाको पेन्सन तीन हजार पाउन्डभन्दा बढी हुन्थ्यो। उनले आफ्नो परिवार गरिबीमा बाँचिरहेको भन्दै यो समस्या समाधान हुनुपर्ने माग पनि गरेका छन्। उनले भनेका छन्, ‘२०७ वर्षदेखिको एतिहासिक अन्याय समाधान गर्न माग गरेर नै मैले मेरो जीवन बिताइसकेको छु।’

उनीहरुको आन्दोलनमा बेलायतका राजनीतिक दलहरुले पनि बेलायती सरकारको ध्यानाकर्षण गराएका थिए। विपक्षी लेबर पार्टीले बेलायती सेनासँगै रहेर लडेका गोरखा सैनिकहरुलाई दिइएको असमान पेन्सन अपमानजनक रहेको बताएको छ। गोरखा सैनिकको माग तुरुन्तै सम्बोधन गर्न पनि उनीहरुले आग्रह गरेका छन्।

लेबर पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले बेलायतको सरकारलाई पत्र लेखेर मागहरु पूरा गर्न भनेका छन्। त्यस्तै अन्य केही बेलायती सांसदले पनि प्रधानमन्त्री जोन्सनलाई पत्र लेखेर अनशनमा बसेका सैनिकलाई भेट्न आग्रह गरेका छन्।

२०७ वर्षदेखि नेपालीहरु बेलायती सेनामा छन्। गोर्खा सैनिकले पहिलो र दोस्रो विश्वयुद्धमा नै बेलायतको तर्फबाट भाग लिएका थिए। ती विश्वयुद्धमा झन्डै दुई लाख गोर्खा सैनिकले भाग लिएका थिए। १३ जनाले सर्वोच्च पदक भिक्टोरिया क्रस पाएका थिए। त्यति बेला भारतमा बेलायती शासन थियो। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि बेलायत र भारतले द्विपक्षीय सम्झौता गरेर गोर्खा सैनिक पनि भागबन्डा गरेका थिए, जसको जानकारी नेपाललाई थिएन।

त्यतिबेला भारतले १२ र बेलायतले आठ बटालियन बनाएर गोर्खा सैनिकलाई निरन्तरता दिएका थिए। सन् १९४७ मै भएको बेलायत, भारत र नेपालबीचको त्रिपक्षीय सम्झौतामा समान सेवा र शर्त हुने उल्लेख थियो। अहिले भूतपूर्व बेलायती गोर्खा सैनिकको आन्दोलनको आधार यही सम्झौता हो। तर, बेलायतले भने भारतसँगको छुट्टै सम्झौतालाई देखाएर सन् १९९७ अघि पेन्सन भएकालाई भारतीय सेना सरह मात्र सुविधा दिने गरेको छ।

बेलायत सरकारले गरेको विभेदको विरुद्ध अनशन बसेका पूर्व बेलायती गोरखा सैनिकको जीवन रक्षाको माग गर्दै नेपालको सर्वोच्च अदालतमा पनि रिट दायर भएको थियो। सर्वोच्चले बिहिबार भूतपूर्व गोर्खा सैनिकहरुको जीवनरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न अन्तरिम आदेश जारी गरेको थियो। अधिवक्ता संजय अधिकारीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले जीउज्यान जस्तो संवेदनशील विषयको अवस्था समेतलाई विचार गरेर अनशनमा बसेका व्यक्तिहरुको तत्काल जीवनरक्षाको आवश्यकता रहेको भन्दै पहल गर्न आदेश जारी गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्