एजेन्सी– अमेरिकी प्रहरीले लस भेगासमा केही घन्टाअघि भएको गोलीकाण्डमा मर्नेको संख्या कम्तिमा ५० पुगेको जनाएको छ। प्रहरीका अनुसार घाइतेको संख्या ४ सयभन्दा धेरै छ।
लस भेगासका विभिन्न होटलमा शुक्रबारयता जारी कन्ट्री म्युजिक फेस्टिभलका बेला मन्डला बे होटलबाट स्टिफन प्याडकले स्वचालित राइफलबाट अन्धाधुन्द गोली प्रहार गरेका थिए।
यो गोलीकाण्ड अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा भयानक मानिएको छ।
कन्सर्टमा गोली हान्ने ६४ बर्से स्टिफन प्याडक पनि प्रहरीको गोली प्रहारमा मारिएका छन्।
प्रहरीका अनुसार प्याडकले मन्डला बे होटलको ३२ औं तलाबाट कन्सर्टमा गोली प्रहार गरेका थिए।
प्रहरीले आक्रमणकारी बसेको कोठाको ढोका विस्फोटक पड्काएर भत्काउँदै भित्र पसेको थियो । प्रहरीका अनुसार गोली चलाउँदा प्याडक मारिएका थिए। उनको कोठाबाट १० वटा स्वचालित राइफल बरामद गरिएको थियो।
बिदा मनाउन कन्सर्टमा गएका लस एन्जलस काउन्टी सेरिफ कार्यालयका दुई प्रहरी अधिकारी पनि गोली काण्डमा मारिएको प्रहरी उपप्रमुख जेफ गोर्डनले बताए।
युनिभर्सिटी मेडिकल सेन्टर अफ साउदर्न नेवादा हस्पिटलका अधिकारीले गोलीकाण्डका १ सय ४ घाइतेको उपचार गरिरहेको बताए।
तीमध्ये १२ जना सिकिस्त रहेको अस्पतालकी प्रवक्ता ड्यानिटा कोहेनले बताइन्। घटनापछिका केही तस्बिर यस्ता छन्ः









तस्बिर साभारः बिबिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।