काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीको अहिलेकै प्रवृत्तिलाई साथ नदिन नसकिने बताएका छन्।
गौतम आफैले सुरु गरेको एकता अभियान कार्यक्रमको भेलालाई बिहीबार भर्चुअल सम्बोधन गर्दै अहिलेकै स्थितिमा ओली प्रवृत्तिलाई साथ नदिने बताएका हुन्।
‘केपी ओलीको प्रवृत्तिले नेकपा छिन्नभिन्न भयो। एमालेको यस्तो हालत भयो। उनलाई साथ दिनु भनेको अझ उनको एक्लौटी निर्णय, निरकुंश र स्वेच्छाचारी व्यवहारलाई मलजल गर्नु जस्तै हो’ गौतमको भनाइ उदृत गर्दै एक नेताले भने, ‘त्यसैले एकता अभियानले केही दिनभित्रै निर्णय गरेर कित्ता स्पष्ट पार्छ।’
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको एकता अभियान बैठकमा गौतमले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिने संकेत गरेका छन्।
‘केपी ओलीको व्यवहार सच्याउन मैले बल गरेँ। उनको व्यवहार सच्चिएको भए नेकपा जोगाउन नसकेपनि एमाले जोगाउन सकिन्थ्यो’ गाैतमले भेलामा भनेका थिए, ‘तर,केपी ओलीको व्यवहार सच्चिने भन्दा झन निरकुंश बन्ने, आफ्नै सहकर्मीलाई अपमानित गर्ने, परिवर्तनका उपलब्धि नष्ट गर्ने र पार्टीलाई छिन्नभिन्न गर्नतिर अग्रसर भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।