• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले विभाजनको असर : प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई र जीवन घिमिरेको चर्चा

64x64
नेपाल लाइभ बिहीबार, भदौ ३, २०७८  १६:२४
1140x725

काठमाडौं– नेकपा (एमाले) विभाजित भएपछि सो पार्टीको नेतृत्वमा रहेको प्रदेश १ सरकार संकटमा परेको छ। बागमती प्रदेश सरकार फेरिएसँगै अब प्रदेश १ को सरकार पनि फेरिने लगभग निश्चित भएको छ।

बागमतीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चलाखीपूर्वक डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए पनि प्रदेश १ मा भने फरक समीकरण विकास भएको छ।

बागमतीमा शाक्यलाई माधवकुमार नेपालको साथ छाडेसँगै मुख्यमन्त्री बनाइएको हो। नेपालले नयाँ पार्टी, नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै प्रदेशमा शाक्यको मुख्यमन्त्री सुनिश्चित भएको थियो।

प्रदेश १ मा भने एमालेको सरकार ढालेर नेकपा एमाले (समाजवादी)को नेतृत्वमा सरकार बनाउने प्रयास अघि बढेको छ। एमाले विभाजनसँगै मुख्यमन्त्री शेरधन राई अल्पमतमा परिसकेका छन्।

‘पाँचदलीय गठबन्धनमा अब प्रदेश १ सरकार माधवजीहरुकै नेतृत्वमा बनाउने समझदारी बनेको छ’, गठबन्धनका एक नेताले भने। 

निर्णायक पनि माधव नेपाल
प्रदेश १ को प्रदेश सभा ९३ सदस्यीय छ। सरकार गठनका लागि बहुमत प्राप्त गर्न ४७ जना सदस्य आवश्यक हुन्छ। प्रदेश १ मा एमालेका ५१ जना प्रदेश सभा सदस्य थिए जसमध्ये ओलीपक्षका ३३ र नेपालपक्षका १८ जना छन्।

नेपालले एमालेबाट अलग्गिएर छुट्टै पार्टी गठन गरेपछि केहीले साथ छाडेको र अब नेपालसँग १५ जना प्रदेश सभा सदस्य ‘इन्ट्याक्ट’ रहेको नेपालपक्षका नेताहरु बताउँछन्। उनको साथ छाड्नेमा भीम आचार्यलगायत छन्।

केन्द्रमा बनेको गठबन्धनअनुसार नै प्रदेश १ मा समीकरण बन्ने देखिन्छ। प्रदेश १ मा कांग्रेसका २१, माओवादीका १५ जना सदस्य छन्। जनता समाजवादी पार्टी (जसपा)का ३, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रका १–१ जना प्रदेश सभा सदस्य छन्। त्यो अवस्थामा कांग्रेस, माओवादी केन्द्र र माधव नेपालको नेकपा एमाले (समाजवादी) सम्मिलित सरकार बन्नसक्छ। जसपाले पनि उक्त गठबन्धनलाई साथ दिनसक्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

तर, एमालेसँग भने त्यसबेला ३६ सदस्यमात्र हुनेछन्। एमालेलाई कांग्रेस र माओवादीले साथ दिने अवस्था छैन। कदाचित्, माधव नेपालनिकट केही सांसद ओली पक्षमा गएको अवस्थामा पनि वर्तमान मुख्यमन्त्री शेरधन राईले बहुमत पुर्‍याउन सक्ने सम्भावना देखिँदैन।

गत पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि मुख्यमन्त्री राईविरुद्ध तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षले अविश्वासको प्रस्तावसमेत ल्याएको थियो। अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि अविश्वासको प्रस्ताव तुहिएको थियो। 

अविश्वास प्रस्तावमा ३७ जना सांसद्ले हस्ताक्षर गरेका थिए। माओवादीतर्फका सांसद इन्द्रबहादुर आङ्बो प्रस्तावक भएर अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। त्यसबेला मुख्यमन्त्रीमा माधवकुमार नेपालपक्षीय प्रदेश सभा सदस्य भीम आचार्यलाई प्रस्ताव गरिएको थियो। तत्कालीन समयमा नेकपाका एक पक्षले अर्कोलाई स्पष्टीकरण सोध्दै निलम्बन गर्ने शृंखला चलाएका थिए। मुख्यमन्त्री राईले नै प्रचण्ड–माधव पक्षका १५ जनालाई निलम्बन गरेका थिए भने प्रचण्ड–माधव पक्षले ८ जनालाई निलम्बन गरेको थियो।

अहिले आचार्यले माधव नेपाललाई छाडेकाले उनको मुख्यमन्त्री बन्ने सम्भावना सकिएको छ। एमालेले नै उनलाई मुख्यमन्त्रीमा अघि सर्न आग्रह गरे पनि यही समीकरणकै कारण उनले निर्णय गर्न नसकेको बताइन्छ।

यो अवस्थामा माधव नेपालको नयाँ पार्टी, नेकपा एमाल (समाजवादी)बाटै मुख्यमन्त्री बन्ने लगभग तय भएको छ।

माधव नेपालनिकट दुई प्रदेश सभा सदस्य जीवन घिमिरे र राजेन्द्र राई मुख्यमन्त्रीको चर्चामा छन्। माधव नेपालनिकट एक नेताले भने, ‘भीम आचार्य अब हामीसँग नरहेकाले मुख्यमन्त्री बन्ने उहाँहरु दुई (जीवन घिमिरे र राजेन्द्र राई)मध्ये एकजना हो, तर त्यसका लागि पहिले मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्‍यो।’

दुई जनामध्ये राईको सम्भावना धेरै देखिन्छ। उनी वर्तमान मुख्यमन्त्री शेरधन राईकै जिल्ला भोजपुरबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश
इरानसँग हतारमा सम्झौता नगर्ने राष्ट्रपति ट्रम्पको भनाइ
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्ने राष्ट्रपति ट्रम्पको भनाइ सोमबार, जेठ ११, २०८३
आजको मौसमः हिमाल-पहाडका केही स्थानमा मध्यम वर्षा-हिमपात, तराईमा तातो हावा सोमबार, जेठ ११, २०८३
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्