फाइल तस्वीर।
काठमाडौं- नेकपा (एमाले)को विभाजनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रुखबाट पात झरिरहने प्रक्रियासँग तुलना गरेका छन्। बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै उनले संसारमा पात नझर्ने रुख नभएको बताए।
'तपाईंहरुले अलिकति नमीठो पनि मान्नुभयो होला। हिजो केही मान्छेहरु, कोही समातिएर घिसारिँदै, कोही समातेर घिसार्दै निर्वाचन आयोगमा पुगेको देख्नुभयो होला। केही मान्छेहरुले पार्टी छोड्नु नयाँ कुरा होइन। तपाईं सधैं हरियो देखिने रुख लगाउनुस् तर पनि कोहीकोही पात झरिरहेको हुन्छ, कोहीकोही पात पलाइरहेको हुन्छ। पालुवा पनि पलाउँदै गइरहेको हुन्छ। कोहीकोही पात झर्दै गइरहेको हुन्छ। पातै नझर्ने, झर्दै नझर्ने रुख संसारमा हुँदैन। यो सिलसिला नै हो', उनले भने।
उनले पार्टी छाडेर जानेहरुलाई अस्वभाविक ढंगले झरेका पातसँग तुलना गरे। 'फेरि पनि अहिले हामीभन्दा दोस्रो पार्टीको स्थिति भनेको ६१ सदस्यीय छ। हामी १०० भन्दा बढी नै छौं। तेस्रो पार्टी ४८ जति होला', उनले भने।
बुधबार मात्रै नेकपा (एमाले) विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।