काठमाडौं- लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएकोे हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएकोे हो। अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने सूचनामा जनाइएको छ।
राजनीतिक दलसम्बन्धी ऐनको बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई कारवाही गरेको पार्टीको केन्द्रीय कमिटिले त्यसको सूचना प्रदेश संसदीय दलमार्फत प्रदेश सचिवालयलाई बुझाइसकेको छ। उक्त पत्र प्रदेशसभामा पढेर सुनाउन र सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न एमालेले माग गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।