काठमाडौं– नेकपा (एमाले)का नेताद्वय सुवास नेम्वाङ र भीम रावलबीच बिहीबार छलफल भएको छ।
सिंहदरबारमा भएको छलफल तत्कालीन एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा केन्द्रित रहेको थियो।
सो अवसरमा पार्टी विभाजनपछिको अवस्था तथा आगामी कदमबारे समेत छलफल भएको जनाइएको छ।
भेटमा एमाले नेता सुरेन्द्र पाण्डे पनि सहभागी थिए।
रावल र पाण्डे यसअघि माधवकुमार नेपाल समूहमा रहेपनि पार्टी विभाजनपछि कतै खुलेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।