काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले विभाजन गरेका माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
उनीहरूबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान करिब २ घण्टा छलफल भएको बताइएको छ।
नेपालले बुधबार एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेका छन्। सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गर्ने बित्तिकै नेपाल दल दर्ताका लागि आयोग पुगेका हुन्।
त्यसको भोलिपल्ट तीन नेताहरूबीच भएको भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।