काठमाडौं- तीन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।
तीन पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल 'प्रचण्ड', प्रस्तावित नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन्।
नेकपा एमाले विभाजन भएको भोलिपल्ट बिहीबार(आज) यी तीन नेता समाजवादी केन्द्र, नेपालले आयोजना गरेको 'एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद' बारेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन लागेका हुन्।
यी तीन र अन्य साना वाम दलहरु मिलेर समाजवादी केन्द्र निर्माणको चर्चा चलिरहेका बेला वामपन्थी नेताहरु एकै कार्यक्रममा सहभागी हुन लागेका हुन्।
दलहरुबीच एकता नभएपनि सहकार्य र गठबन्धन गर्न सकिने उनीहरुले बताउँदै आएका छन्।
कार्यक्रम विहान साढे ११ बजेपछि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा सुरु हुने आयोजकहरुको भनाइ छ। 
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।