काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस आत्मघाती र फोहरी बाटोमा हिँडेको बताएका छन्।
सरकारले ल्याएको दलविभाजनसम्बन्धी अध्यादेशप्रति लक्षित गर्दै उनले यसले राजनीतिक अस्थिरता बढाउने बताएका हुन्।
सामाजिक संजाल ट्वीटरमार्फत उनले देशको राजनीतिक वातावरणका लागि यो शुभसंकेत नभएको टिप्पणीसमेत गरेका छन्।
नेपालको संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय हुन पाउने सर्वोच्च अदालतको व्याख्या र गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणाली नै कमजोर बनाउने उनको ठहर छ। पछिल्ला घटनाक्रम र यस्ता गतिविधिले राजनीतिक अस्थिरता बढाउने निश्चित रहेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।