काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेबाट औपचारिक रुपमा अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाललाई बधाई दिएका छन्।
बुधबार उनले नेपाल नै बनाएको नेकपा एमालेलाई थोत्रिइसकेको पुरानो घरको संज्ञा दिँदै नयाँ पार्टी निर्माणमा लागेकोमा नेपाललाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन्।
‘पार्टीहरू फुट्नु सामान्यत: राम्रो मानिन्न। तर, पुरानोको ध्वंसविना नयाँ निर्माण हुन्न।अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस!,’ उनले ट्वीटरमा नेपाललाई मेन्सन गर्दै भनेका छन्।
बुधबार दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।