काठमाडौं- पूर्वमन्त्री एवं कम्युनिष्ट नेता प्रदीप नेपालले आफू एमालेभित्रको झगडामा कुनै पक्षमा नरहेको बताएका छन्।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय सदस्यहरूको सूचीमा प्रदीप नेपालको पनि नाम छ।
निर्वाचन आयोगलाई बुझाइएको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम चौंथो स्थानमा रहेको छ।
उक्त सूची सार्वजनिक भएको केहीबेरपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै नेपालले आफू एमालेको कुनै पक्षमा नरहेकाे बताएका हुन्। आफू मार्क्सवादी भएको र आफ्नो व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा राख्न नसक्ने नेपालले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।