काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको एमाले (समाजवादी)मा नेता प्रदीप नेपाल केन्द्रीय कमिटीमा समेटिएका छन्।
निर्वाचन आयोगलाई बुझाइएको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम चौथो स्थानमा रहेको छ। एमालेको दुई समूहमा विभाजित भएपछि केही समय अघि उनले एमालेमा नरहेको घोषणा गरेका थिए।
बुधबार दर्ता भएको नयाँ पार्टीमा नेपललाई साथ दिँदै आएका नेताहरुको नाम रहेको छैन। उनी पक्षीय नेताका रुपमा चिनिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायत केन्द्रीय कमिटीमा परेका छैनन्।
शाक्यले नेपालको साथ छोडेर ओली पक्षमा लागेकी छन्। उनी बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।