फाइल तस्वीर।
काठमाडौं- नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसँगै प्रस्तावित जसपा (लोकतान्त्रिक)का नेता शरतसिंह भण्डारीले अब आफ्तो पार्टी मधेश पृष्ठभूमिको सबैभन्दा ठूलो र पहिलो समावेशी पार्टी हुने दाबी गरेका छन्।
निर्वाचन आयोगमा नयाँ पार्टीका लागि निवेदन दिएलगत्तै उनले अहिले महन्थ ठाकुरको अध्यक्षतामा पार्टी बनेको र कुनै पनि पदाधिकारी नभएको बताए।
‘विगतको अनुभवबाट सिकेर अब समानुपातिक र समावेशी रुपमा एकल अध्यक्ष तर, सामूहिक निर्णयले पार्टी अघि बढाउनेछौं’ उनले भने, ‘दुई अध्यक्ष वा बहुमत पद भएर नहुने रहेछ भन्ने सिकियो।’
अहिले वरिष्ठ नेता र उपाध्यक्ष, सचिवसहित पदाधिकारी टुंगो नलागेको भन्दै विस्तारै समावेशी सिद्धान्त अनुसार पदाधिकारी पुर्ति गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।