काठमाडौं- महन्थ ठाकुर–राजेन्द्र महतोपक्ष सरकारमा नजाने भएको छ।
राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै बुधबार नयाँ दल दर्ता गरेको उक्त पक्षले जसपा(लोकतान्त्रिक) नाममा दलका लागि निवेदन दिएको छ।
निर्वाचन आयोगमा दल दर्ताको निवेदनपछि नेता राजेन्द्र महतोले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताए।
सरकारले हिजो ल्याएको अध्यादेश अनुसार महन्थ पक्षलाई नयाँ पार्टी गठन गर्ने बाटो खुलेको हो। महन्थ पक्षकै चाहना अनुसार सरकारले केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्थालाई २० प्रतिशतमा झारिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।