काठमाडौं- पार्टी विभाजनको प्रक्रिया सुरु गरेका माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। उनी पक्षबाट निर्वाचन आयोगमा बेग्लै दल दर्ताका लागि निवेदन दिएको केही समयपछि नै आयोग कार्यालय कान्तिपथ पुगेका हुन्।
रामकुमारी झाँक्री तथा विरोध खतिवडासहित निर्वाचन आयोग पुगेका नेपालले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन्।
नेपाल पक्षका नेताहरुले पार्टीको नाम नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निवेदन दिएका छन्। उनीहरुले पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।