काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुरपक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ।
बुधबार ठाकुर पक्षले जसपा लोकतान्त्रिक नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। नयाँ दलको चुनाव चिह्न साइकल राखिएको छ।
निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर पक्ष दलविहीन बनेको थियो।
बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै ठाकुरपक्ष नयाँ दल दर्ताका लागि आयोग पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।