फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आज नै नयाँ पार्टी दर्ता हुने प्रस्ट्याएका छन्।
आफूपक्षीय नेताहरुको भेलापछि बानेश्वरस्थित होटल अर्यालबाट निस्कने क्रममा पत्रकारसँग छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘आजै नयाँ पार्टी दर्ता हुन्छ। पार्टी दर्ताका लागि सबै तयारी हामीले गरिसकेका छौं। गाडी अब अघि बढिसक्यो।’
स्थायी कमिटीका कतिपय नेता नयाँ दलमा नआउने बताएकोबारे सोधिएको कुरामा उनले त्यसबारे जानकारी नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।