काठमाडौं- नेकपा (एमाले) का नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षको माग सुन्नै नचाहेको ब्रिफिङ वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष गरेका छन्।
मंगलबार ओलीलाई भेट्न गएका भुसालले वरिष्ठ नेता नेपाललाई उक्त कुरा सुनाएका हुन्। अर्याल होटलमा बसेको नेपालपक्षीय भेलामा पुगेका भुसालले आफ्नो पक्षका मागमा ओली सकारात्मक नभएको सुनाएका थिए।
अन्तिम प्रयासका लागि भन्दै भुसाल पार्टी अध्यक्षलाई भेट्न गएका थिए। भुसालका अनुसार नेपालप्रति ओली नकरात्मक देखिएका थिए।
अर्याल होटलमा भएको छलफलमा नेपाललाई भेटेर भुसाल निस्किएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।