काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही कार्यान्वयन नगर्न माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदले संसद् सचिवालय पत्र दर्ता गराएका छन्।
ओली पक्षले मंगलबार नेता नेपालसहित १४ जनालाई पदमुक्त गर्न संसद् सचिवालयलाई पत्र पठाएको थियो। एमालेले गरेको कारबाही अवैधानिक भएको नेपाल पक्षले बुझाएको पत्रमा उल्लेख छ। एकपक्षीय बैठक बसेर कारबाही गर्ने अधिकार नभएको पत्रमा लेखिएको छ।
कारबाही प्रक्रिया अवैधानिक भएको भन्दै नेपाल समूह संसद् सचिवालय गएको हो। गैरकानुनी कारबाही भएकाले कार्यान्वयन नगर्न माग गर्दै संसद् सचिवालय गएको नेपाल पक्षीय सांसद मेटमणि चौधरीले जानकारी दिए।
एमालेले कारबाही गरेका सांसदहरुः
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. जीवनराम श्रेष्ठ
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।