काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिएका स्थायी कमिटी सदस्य युवराज ज्ञवाली एमालेमै रहने भएका छन्। नेपालपक्षमा लागेर अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै आएका ज्ञवालीले उनलाई नै साथ दिने भएका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेको माधव नेपालपक्षले नयाँ दल एमाले समाजवादी दर्ता गर्ने तयारी थालेपनि ज्ञवाली नयाँ दलमा नजाने भएका हुन्।
'पार्टीमा सहमति गरेर भएपनि एक बनाउन लाग्नुपर्ने' भन्दै ज्ञवालीले ओलीमै रहने आशय व्यक्त गर्ने गरेको नेपालपक्षका एक नेताले बताए। ‘पछिल्लो समय हामीले बोलाएको भेलामा युवराज कमरेड आउँन छोड्नु भएको छ’ ति नेताले भने, ‘उमेरले पनि धेरै भइसक्यो नयाँ पार्टी बनाएर स्थापित गर्न सकिँदैन भन्न थाल्नु भएको छ।’
तर, ज्ञवालीलाई एमालेमै रहनपनि उत्तिकै गाह्रो हुने देखिएको छ। एमाले हुँदा ओलीको खरो आलोचना गर्ने गरेका उनलाई एमालेमा बस्न गाह्रो हुने देखिएको हो। नेपालपक्षकै नेता रघुजी पन्त भने ओलीतिर नजाने भएका छन्। ओलीले उनलाई कारबाही नगरेपनि पन्त नेपालपक्षमै रहने ति नेताले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।