काठमाडौं- लुम्बिनी प्रदेश सभाको बैठक प्रमुख विपक्षी दल एमालेले अबरुद्ध गरेको छ।
प्रदेश सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरु नाराबाजीमा उत्रेका थिए। सांसदद्वय अजय शाही र विमला वलीलाई पदमुक्त गर्नुपर्ने मागसहित उनीहरु नाराबाजीमा उत्रेका हुन्।
सूर्य चिन्हबाट निर्वाचित उनीहरुलाई एमालेले कारबाही गरेको कारणसहित सांसदबाट पदमुक्त गर्नुपर्ने माग छ। नाराबाजीकै बीचमा बोल्ने क्रममा पूर्वमन्त्री समेत रहेका एमाले सांसद हरि रिजालले दुई सांसदलाई पदमुक्त नगरेसम्म संसद् चल्न नदिने बताए।
आजको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले बोल्ने संसद्को कार्यसूची थियो।
दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी विमला वली पछिल्लो समय माओवादी केन्द्रमा फर्किएकी थिइन्। अर्का सांसद अजय शाही स्वतन्त्र सांसदका रुपमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।