काठमाडाैं– जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफूपक्षीय नेताहरुकाे बैठक बोलाएको छ। बैठक महन्थ पक्षको कार्यालय बबरमहलमा बस्न लागेको हो।
राष्ट्रपतिले अध्यादेश जारी गरेपछि उक्त समूहको बैठक बस्न लागेको हो। निर्वाचन आयोगमा पार्टी दर्ताको विषयमा छलफल गर्न बैैठक बोलाइएको एक नेताले बताए।
सम्भवतः आज नै दल दर्ता हुने ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी दिए। ‘हामी बैठक बस्दै छौं। आज नै पार्टी दर्ता गर्ने तयारीमा छौं।’ पार्टीको नाममा ३/४ वटामा छलफल भइरहेको उनले जानकारी दिए।
जनता समाजवादीबाटै छुट्टिएकाले जसपा शब्द भने नाममा राख्ने बताइएको छ। झाका अनुसार जसपा (लोकतान्त्रिक) नाममा पार्टी दर्ता हुने सम्भावना बढी छ।
उक्त समूहमा १२ जना सांसद खुलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।