काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले आज नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ। जसका लागि नेपाल पक्षका नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन्।
अहिले बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू भेला भएका छन्। नेता नेपाल केहीबेरमा पुग्दैछन्।
नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार आजै साँझसम्म दल दर्ता गरिसक्ने योजना छ। दलको विधान र पार्टी संरचना तयार भइसकेको उनले बताए।
राष्ट्रपतिले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरिसकेकी छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्य भए नयाँ दल गठन गर्न सक्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।