काठमाडौं- महन्थ ठाकुर र राजेन्द्र महतोपक्ष नयाँ दल दर्ताको तयारीमा जुटेको छ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि दलविहीन अवस्थामा पुगेका महन्थ ठाकुर राजेन्द्र महतो पक्षले नयाँ दल दर्ताको तयारी गरेका हुन्।
मंगलबार सरकारले दल विभाजन गर्न सहज हुने गरि अध्यादेश ल्याएसँगै ठाकुर-महतोपक्ष नयाँ दल दर्ताको तयारीमा जुटेका हुन्।
राष्ट्रपतिले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नासाथ आफूहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने ठाकुरपक्षका नेता सुरेन्द्र झाले नेपाल लाइभलाई जानकारी दिए।
'राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ हामी नयाँ दल दर्ताको लागि जान्छौं' झाले भने, 'जसपाबाट छुट्टिएका कारण पार्टीको नाममा जसपा हुनेछ। पार्टीको नाम जसपा लोकतान्त्रिक हुन्छ होला।'
जसपाका ३२ मध्ये १२ सांसद ठाकुरपक्षमा खुलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।